डिपोमा इन्धन खनाउने क्रममा २ वटा ट्यांकरमा आगलागी

रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको हो ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार