काठमाडाैं ३३ हजार ८७६ मत गन्न बाँकी, बालेन शाहको अग्रता कायमै

काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको मत ५१ हजार पाँच सय नाघेको छ ।

साहले ५१ हजार पाँच सय ९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार चार सय ३० मत प्राप्त गरेकी छिन् । सिंह साहभन्दा १९ हजार एक सय ६६ मतले पछाडि छिन् ।यस्तै एमालेका केशव स्थापितले ३१ हजार १५ मत पाएका छन् ।

महानगरमा अहिलेसम्म एक लाख ५७ हजार तीन सय १० मत गनिसकिएको छ । अब ३३ हजार आठ सय ७६ मत गन्न बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार