पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना भएको छ । बाँसटारी–झडेवा सडक अन्तर्गत तानसेन नगरपालिका–९, दमकडामा आइतबार मध्यान्ह भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

माथागढी गाउँपालिकाको कसेनी सराईबाट बाँसटारी आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल दुर्घटनामा २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि बसेका तिनाउ गाउँपालिका–५, मस्यामका रास्कोटी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय जनक राना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार