बलात्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् । त्यस्तै उनीहरुले यस विषयमा छिटो अनुसन्धान सुरु गर्न पनि राज्यको ध्यानाकर्षण गराएका थिए । बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको खुलासा गरेपछि युवाहरुले प्रदर्शन सुरु गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार