पाल्पाको रम्भामा रोकिएको मतगणना सुरु

पाल्पाको रम्भा गाउँपालिकामा रोकिएको मतगणना कार्य आजदेखि सुरु हुने भएको छ । वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो ।

निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको हो । बुधबार आयोगले पत्र पठाएर मतगणना गर्न निर्देशन दिएपछि बिहीबार कर्मचारी व्यवस्थापन गरेर शुक्रबार मतगणना गरिने भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार