पवन ओली र रचना रिमालको स्वरमा बुटवल बसपार्क सार्वजनिक

गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा बुटवल बसपार्क सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ ।

गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी, खोलिमा पानि, माछी बस्यो, परदेशको बास, अक्षतामा दहि लागायतका गीतहरु सार्वजनिक गरिसकेका छन् । गीतको म्युजिक भिडियोलाई शिव विकले निर्दशन गरेका हुन् । जहाँ जिबेस गुरुङ र याङ्सु श्रेष्ठ फिचर्ड छन् । गीतको भिडियोमा उनीहरुको जोडी सुहाएको छ ।

अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोमा माधव श्रेष्ठको सह-निर्दशन, पदम सुवेदीको सम्पादन, मिलन विश्वकर्माको कलर र सक्षम पुडासैनीको मेकअप समावेश रहेको छ । गीतलाई गायक ओलीको अफिसिएल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार