विजयी जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना, १३ जना घाइते

मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बिहीबार को २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हुँदा १३ जना घाइते भएका हुन् । ट्याक्टर एमालेको जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टिएको र १३ जना घाइते भएको स्थानीयवासीले बताएका छन् ।

घाइते भएका २६ वर्षीय जालन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार