पल शाहको मुद्दाको सुनुवाइ अर्को साता हुने

जबरजस्ती करणीको आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराले जनाएको छ । अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।

उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार