तीव्र आलोचनापछि माओवादीले हटायो चुनावी पोष्टरबाट कुलमानको फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर हटाएको छ ।तीव्र आलोचना भएपछि कुलमानको फोटो हटाएर नयाँ पोस्टर प्रचण्डको फेसबूक पेजमा अपलोड गरिएको छ । नयाँ पोस्टरमा प्रचण्डको मात्र फोटो छ ।

‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै माओवादीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री जनार्दन शर्मासहित कुलमानको तस्वीर राखेर माओवादीले पोस्टर सार्वजनिक गरेको थियो ।

जनार्दन शर्मा ऊर्जामन्त्री र कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला नेपालमा लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो ।

माओवादीको चुनावी पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

 

माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङ

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार