माओवादीको चुनावी पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले माओवादीको चुनावी पोस्टरमा आफ्नो तस्बिर प्रयोग भएको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आफूलाई जानकारी नै नदिइ माओवादीले आफ्नो तस्बिर प्रयोग गरेको बताए । घिसिङले तस्बिर हटाउनका लागि आफूले माओवादीलाई आग्रह गरिसकेको टिभी अन्नपूर्णलाई बताए ।

उनले भने, ‘मलाई यो विषयमा थाहा थिएन । सञ्चारमाध्यममा आएपछि थाहा पाएको हुँ । यस विषयमा मलाई सोधीएको थिएन् फोटो हटाउन आग्रह गरिसकेको छु ।’

आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पेजबाट माओवादीको नयाँ चुनावी पोस्टर सार्वजनिक गरिएको थियो ।

माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार