निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई जेल सजाय

रुपन्देही जिल्लामा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो।

निषेधाज्ञाको उल्लंघन गरेर पक्राउ पर्नेमा काठमाडौँका ५२ वर्षीय हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ का ३४ वर्षीय महेन्द्र कोहार, मायादेवी ४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका (भैरहवा) ८ का २८ वर्षीय श्याम दुबे, सिद्धार्गजगरका ९ का ३८ वर्षीय ईरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ वर्षीय प्रितम कुवँर र ३४ वर्षीय प्रेम कुवँर रहेका छन्।

तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए। बाँकी ३ जनाले जरिवाना बुझाउन नसको कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। कारागर चलान हुनेमा दिनेश यादव, श्याम दुवे र महेन्द्र कोहार रहेका छन् ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाई बुझाई गर्दा पनि डिउटीमा प्रहरीलाई बाधा अवरोध पुर्याउने आठ जनालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना तोकिएको छ । जिल्लामा संक्रमणको ग्राफको बढेपछि स्थानीय प्रशासनले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार