सवारी साधनमा मापदण्ड पालना भएन, आफ्नै स्वास्थ्यको ख्याल गर्दैनन् यात्रु

सरकारले वैशाख १६ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि आज बिहानैदेखि धेरै सार्वजनिक यातायात राजधानीबाट बाहिरिएका छन् । तर यी सवारीमा पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी सोमबारदेखि नै आइतबारको भन्दा बढी यात्रु उपत्यका बाहिर गएको तथ्याङ्क प्राप्त भएको बताए ।

उपत्यका बाहिर लामो रुटमा चल्ने प्राय ः सार्वजनिक यातायातले सिट क्षमताभन्दा बढी यात्रु चढाउँदैनन् । उपत्यकासँग जोडिएका जिल्लामा भने अलि बढी नै यात्रु हालेर लगेका छन् । केही यात्रुले भने आफ्नो स्वास्थ्यलाई प्रभाव पर्ने भएपनि मास्क नलगाएको देखिएको प्रवक्ता अधिकारीले सुनाए । ट्राफिक प्रहरीको अभिलेख अनुसार आज बिहान पनि उपत्यकाबाट बढी सवारी बाहिरिएका छन् ।

“उपत्यकामै रत्नपार्कबाट दक्षिणकाली रुटमा चल्ने सार्वजनिक यातायातलाई सिट क्षमताभन्दा बढी यात्रु नराखभन्दा बस चालक नै छाडे, सबैको स्वास्थ्यका लागि मापदण्ड पालना गराउन खोज्दा पनि समस्या आउने गरेको छ”, उनले भने ।

पटकपटक सचेत गराउँदा पनि सार्वजनिक यातायातमा तोकिएको मापदण्ड पालना नगराउने सार्वजनिक यातायातलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार