एमालेले वैशाख ९ गते घोषणपत्र जारी गर्ने, उम्मेदवार छान्न मापदण्ड तयार

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तय गरेको छ । सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवारका लागि ६ वटा मापदण्ड तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ती मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने भएको छ । त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ ।

साथै एमालेले आगामी वैशाख नौ गते पार्टी केन्द्रले घोषणापत्र जारी गर्ने र सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने पनि पोलिटब्युरो बैठकले निर्णय गरेको छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नगर्ने गरी केन्द्रीय कमिटी सदस्य निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि एमालेले गरेको छ । अगामी चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार