यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग टू अन्तर्गत तेस्रो सिरिजको तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । यूएईले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।
यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । नेपाली ब्याटरहरु जिम्मेवार नबन्दा पराजित भएको नेपाल आजको खेलमा सम्हालिँदै खेल्ने योजनामा छ । पहिलो खेलमा पीएनजीमाथि दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा कमजोर बनेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार