युक्रेनमा रुसले ‘रासायनिक अस्त्र’ प्रयोग गर्ने प्रयास गरेको अमेरिकाको आरोप

काठमाडौं । युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ। ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै ‘हामी सबै सतर्क हुनुपर्छ’ समेत भनेको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी अनर्गल भएको बताएकी छन्।

उनले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको स्पष्ट चाल भएको पनि बताएकी छन्।उनको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने जोखिमबारे आफूहरू ‘निकै चिन्तित’रहेको बताएका छन्।

विशेषगरी रुसले गैर(परम्परागत अर्थात्  (कन्भेन्सनलु अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ।त्यसले सम्भवतः रासायनिक अस्त्रहरूलाई जनाउँछ, तर उक्त शब्दले सानो स्तरका रणनीतिक परमाणु अस्त्र, बायलोजिकल अर्थात् जैविक अस्त्रहरू र डर्टी बम भनिने विकिरणयुक्त हतियारहरूलाई पनि बुझाउँछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार