रुसले अस्थायी युद्धविराम पालना नगरेको युक्रेनको आरोप

काठमाडौं । युक्रेनका दुई सहरबाट नागरिकलाई सुरक्षित बाहिरिन दिन सहमति गरिएको युद्धविराम रुसले पालना नगरेको किएभको आरोप छ भने रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले नागरिकलाई सहर छोड्न नदिएको दाबी गरेको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी अधिकारीहरूले पोल्यान्डसँगएउटा सहमति गर्न चाहिरहेको छ । जस अनुसार अमेरिकाले पोल्यान्डलाई एफ(१६ जेट लडाकु विमानहरू दिनेछ जसको सट्टामा पोल्यान्डले युक्रेनलाई सोभियतकालीन विमान उपलब्ध गराउने सम्झौताको तयारी गरेको छ।

भोलोदिमिर जेलेन्स्की र तीन सयभन्दा बढी अमेरिकी सांसदहरू बीचको बैठकपछि अमेरिकाले युक्रेनलाई रुसविरुद्ध सहयोग गर्ने कदम उठाएको हो। बैठकमा युक्रेनका राष्ट्रपतिले आफ्नो देशलाई थप विमानहरू अत्यावश्यक रहेको बताएका थिए।

‘हामी यस विषयमा पोल्यान्डसँग छलफल गरिरहेका छौँ र हाम्रा नेटोका सहयोगीहरूसँग पनि परामर्श लिइरहेका छौँ,’ ह्वाइट हाउसका एक अधिकारीले अमेरिकी सञ्चारमाध्यमसँग भने। युक्रेनलाई विमानहरू हस्तान्तरण गरेको खण्डमा अमेरिकाले पोल्यान्डलाई के प्रदान गर्न सक्छ भन्नेले यसबारेको निर्णय निर्धारण गर्छ।

युक्रेनका पाइलटहरू रुसी(निर्मित विमान प्रणालीहरू उडान गर्न विशेष तालिम प्राप्त भएकाले त्यस्तै विमान आवश्यक रहेको बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार