युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे बाइडेन र बेन्नेटसँग टेलिफोन वार्ता

क्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । बाइडेनसँगको वार्तामा युक्रेनलाई सुरक्षा, आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् ।

जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।

इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्नेटले रुससँगको सम्बन्धलाई पनि मझबुत बनाउन खोजेका छन् । जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ । -एजेन्सी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार