युक्रेनमा पत्रकारको टोलीमाथि आक्रमण

बीबीसीपछि सीएनएन र ब्लुमबर्गमाथि प्रतिबन्ध

काठमाडौं । रुसले युक्रेनमा गरेको आक्रमणको समाचार संकलनमा खटिएका पत्रकारमाथि आक्रमण भएको छ । ब्रिटेनको समाचार च्यानल स्काई न्यूजको एक टोलीमाथि आक्रमण भएको हो।तर उनीहरु चमत्कारिक रुपमा बाँच्न सफल भएको स्काई न्यूजले जनाएको छ ।आक्रमणमा घाइते भएका स्टुअर्ट रेमसेले आफूहरू निकै भाग्यले बाँचेको बताएका छन् । स्टुअर्टसहित पत्रकारहरुको टोली सुरक्षित तरिकाले ब्रिटेन फर्किसकेको छ ।

मुख्य सम्वाददाता स्टुअर्ट रेमसे र उनको टिम राजधानी किएभ बाहिर आक्रमणमा परेको बताइएको छ । स्काई न्यूजको वेबसाइटमा आक्रमणमा परेको भिडियोसहित समाचार पोष्ट गरिएको छ । भिडियोमा पत्रकारहरू सवार गाडीमा गोली बर्सिएर सिसा फुटेको र उनीहरुले आफूहरु पत्रकार भएको भन्दै चिच्याइरहेको सुनिन्छ । समाचारमा घटनाबारे विस्तारमा जानकारी दिइएको छ ।

बीबीसीपछि सीएनएन र ब्लुमबर्गमाथि प्रतिबन्ध

यसैबीच बीबीसीपछि सीएनएसन र ब्लुमबर्गले पनि रुसमा अस्थायी रुपमा आफ्ना कामकाज बन्द गर्ने निर्णय गरेका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै एक कानुन लागू गर्ने निर्णय गरेपछि ती समाचार संस्थाहरूले रुसमा आफ्ना काम रोक्ने निर्णय गरेका हुन् ।रुसी राष्ट्रपति पुटिनले हालै रुसी सेनाविरुद्ध ‘फेक न्यूज’ प्रकाशन वा प्रसारण गरेमा १५ वर्षसम्म जेल सजायँ हुने व्यवस्थासहितको कानुन लागु गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार