सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै रुस, फेसबुक चलाउन नपाइने

काठमाडौं । छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको रुसले सामाजिक सञ्जाल फेसबुकमा प्रतिबन्ध लगाएको छ ।फेसबुकले युक्रेन युद्ध सम्बन्धी रुसी प्रोपोगाण्डामाथि कडाइ गरेको तथा युक्रेनमा भइरहेको अवस्थाबारेका सामग्री साझा गर्न दिएपछि रुसले प्रतिबन्ध लगाएको हो ।

रुसले सूचना नियन्त्रित गर्नका लागि फेसबुकमाथि प्रतिबन्ध लगाएको विज्ञहरुको अनुमान छ । सर्वसाधारणले रुसी आक्रमणले युक्रेनमा गरेको क्षतिका बारेमा थोरै भए पनि जानकारी सामाजिक सञ्जालबाट पाउने गरेका थिए । त्यसमा पनि रुसले प्रतिबन्ध गरेको हो ।

फेसबुक बन्द गरेको रुसले ट्वीटर र युट्युबको पहुँचमा पनि रोक लगाएको खबर छ। अधिकांश रुसी सञ्चारमाध्यमले युक्रेनमा भइरहेको युद्धका खबर प्रकाशित गरेका छैनन् वा गरे पनि रुसले कुनै पनि क्षति नगरेको दाबी गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार