युक्रेनमा रुसी सैनिकले अत्मसमर्पण गरेपछि…

युक्रेन–रुस युद्ध सुरु भएको आज आठौँ दिन हो । रुस र युक्रेनबिच मुठभेड जारी छ । रुसले युक्रेनमा आक्रमण गरेपछि हजारौँ युक्रेनी नागरिकरहरू स्वैच्छिक रूपमा युद्धमा सहभागी भएका छन् ।

यसैक्रममा सामाजिक सञ्जालमा धेरै भिडियो भाइरल भैरहेका छन् ।

यस्तै बुधबारदेखि युक्रेनमा कैद गरिएको भिडियो भाइरल भैरहेको छ जसमा युक्रेनीहरुले रूसी सिपाहीलाई सहयोग गरेको देखिएको छ । उक्त भिडियो युद्धका क्रममा युक्रेन पुगेका रुसी सैनिकलाई चिया पाउरोटी खान दिएका छन । साथै उनका परिवारसँग सम्पर्क गराएका छन् । युक्रेनीहरूले उनलाई ठीक छ भनी उनकी आमालाई फोन गराइदिएका छन् ।

रुसी सैनीकले अत्मसमर्पण गरेपछि, धेरै मानिसहरू र कारहरूले उनलाई घेरेको थियो । बजफिड संवाददाता क्रिस्टोफर मिलरले ट्विटरमा राखेको क्लिपमा रुसी सैनिकले आफ्नी आमासँग भिडियो कल गरिरहँदा रोइरहेका छन् । आमासँग कुरा गर्दागर्दै रोएका ती रुसी सैनिकलाई सबैले हौसला दिन्छन् । एक महिलाले त फोनमा बोल्दै उनकी आमालाई ‘तपाईंको छोरा जीवित र स्वस्थ छ’ पनि भनिरहेकी छन् ।
उनले आफ्नी आमासँग युद्ध बाहेक केही भन्न सक्दैनन् र आफ्नी आमालाई चुम्बन गरेर कल अन्त्य भएको छ ।

सोक्रममा युक्रेनीहरुले यो तिमीहरूको गल्ती होइन भनेर सैनिकहरूलाई भनिरहेका छन् । त्यही भिडमा उभिरहेका एक युक्रेनी पुरुषले भनेका छन्, “यसमा यी युवाहरूको कुनै गल्ती छैन । यिनीहरूलाई त यहाँ किन आएको पनि थाहा रहेनछ । उनीहरू पुरानो नक्साको प्रयोग गरिरहेका रहेछन् त्यसैले हराइरहेका छन् ।”

सबैतिर भाइरल बनेको यस भिडियोको तल लेखिएको छ, “रुसी सेना तिमीहरू आत्मसमर्पण गर, युक्रेनीयन जनताले तिमीलाई खान दिनेछन् । तिमी केवल समर्पण गर ।”

यसअघि युक्रेनको रक्षा मन्त्रालयले त्यसरी पक्राउ परेका जवान सेनाहरूलाई तिनका आमाले आएर लैजान सक्ने बताएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार