तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिकाले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन् । नगरपालिका कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेमा पहिलो पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

नगरपालिकाका १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले उक्त लगाएका र खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना छन् । लक्षित जनसङ्ख्या ९५ हजार ९६६ रहेकामा लक्षित भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार