मन्त्री रामकुमारी झाँक्रीलाई सचेत गराउने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीको मोर्चा संगठनले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सचेत गराउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले पार्टी निर्णय विपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णय गरेको हो ।

मन्त्री झाँक्रीलाई सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन सचेत गराउने निर्णय भएको हो । रामकुमारी झाँक्रीले लगातार पार्टी लाइन विपरीत अभिव्यक्ति दिइरहेको बताइएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेबारे पनि छलफल भएको थियो । मन्त्री झाँक्रीले एमसीसीका विषयमा पार्टी निर्णय विपरीत अभिव्यक्ति दिँदै अएकी छिन् ।

एकीकृत समाजवादीमा भने एमसीसीलाई लिएर दुई धार देखिएको छ ।

आफ्नै कार्यकर्ताले मागे मन्त्री रामकुमारी झाँक्रीको राजीनामा

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार