व्यवसायिक उडानका लागि युक्रेनको आकाश बन्द

बाइडेनले भने-रूसले यसको मूल्य चुकाउनु पर्नेछ

काठमाडौं । युक्रेनले व्यवसायिक उडानका लागि आफ्नो आकाश बन्द गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकमाथि सैन्य कारबाहीको घोषणा गरेपछि युक्रेनले व्यवसायिक उडानका लागि आफ्नो आकाश बन्द गरेको जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार सुरक्षाको कारण देखाउँदै युक्रेन सरकारले बिहीबार बिहानदेखि उडान बन्द गरेको हो।

यसअघि पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका थिए।पुटिनको घोषणासँगै युक्रेनका विभिन्न ठाउँमा बिस्फोट भएका छन्। राजधानी किएभमा पनि बिस्फोटहरू भएको बिबिसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसहरूको प्रार्थना युक्रेनीका लागि भएको उल्लेख गर्दै पुटिनले यो अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार