लुम्बिनीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिए

लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । केसी र बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएका हुन् ।

यसअघि सोमबार दिउँसो माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

अविश्वास प्रस्ताव दर्ता भएसँग नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी नेता कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार