प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपा एसकी उपाध्यक्ष राई विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

महिला तर्फकी उम्मेदवार राईले ४ हजार ६५२ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । तीन मत बदर भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार