१० हजार २५४ जनामा कोरोना पुष्टि, एकैदिन १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ४६२ र एन्टिजेन विधिबाट ५ हजार ७२५ जनामा परिक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ४७९६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १२ हजार ४९जना पुगेको छ।

यस्तै, आज थप ७०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १६ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५१ छ ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार