ललितपुरमा माेटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

ललितपुरको कुपोन्डोलमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मंगलबार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

ललितपुरको गोदाबरी नगरपालिका ९ छम्पी घर भई मंगलबार बस्दै तामाङको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । उनी माेटरसाइकलकाे पछाडि सवार थिए ।

दुर्घटनामा परी घाइते भएका माेटरसाइकल चालककाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार