३३ किलो सुन प्रकरण : दुबईबाट फर्कने क्रममा गोरेका भाइ रमेश पक्राउ

साढे ३३ किलो सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

दुबईबाट मंगलबार साढे ३ बजेको फ्लाइटमा उनी नेपाल आइपुगेका थिए । ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि उनी दुबई बस्दै आएका थिए ।

रमेश नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले सूचना पाएको थियो । त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । २०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्करबिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार