अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

विपक्षी दलले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री गुरूङले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् । नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो । ​

विपक्षीहरुको काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका थिए । गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो । ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार