माओवादीले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने (भिडियोसहित)

नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताएका हुन् ।

गत महिना भएको नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरु निम्त्याइएका थिए ।

सम्मेलनमा एक हजार ५३३ जना प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनबाट ११-१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार