मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक

मेगा बैंक नेपाल एसियाली विकास बैंक ९एडीबी०को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको हो ।

सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत् साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ ।

नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रवद्र्धन गर्ने लक्ष्यले मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो ।

यो साझेदारीपछि मेगा बैंकमार्फत् अन्तर्राष्ट्रिय व्यापार तथा व्यवसाय गर्ने ग्राहकहरुलाई कारोबार गर्न सहज हुने भएको छ ।

सामान आयात तथा निर्यातका लागि प्रतित पत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभुति पत्र (ग्यारेन्टी) दिने काम गर्छ । जसले नेपालको व्यवसाय प्रवर्धन गर्न र रोजगारी सिर्जनामा सहयोग हुने मेगा बैंकको विश्वास छ ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली भनिन्, ‘एडिबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, ग्राहकहरुलाई अब अन्तरदेशिय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार