लौरोको सहारामा मतदान

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।

मतदानमा अपांगता भएका प्रतिनिधि पनि सहभागी भएका छन् । उनीहरू लामबद्ध नभई मतदानको व्यवस्था गरिएको अपांगता रहेका दैलेखबाट आएका प्रतिनिधि गणेश बोगटीले बताए ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर सरकार बनाउने र उक्त सरकारबाट देश निर्माण गर्ने नेतृत्व छान्नुपर्ने उनको भनाइ छ । आफूले पनि सोही विचार गरेर मतदान गरेको बताएका उनले मतदान गर्न ५० मिनेट लागेको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार