नेपाल-भारत सीमा समस्यामा पश्चिमाको चासो छ : प्रस्तावित राजदूत शर्मा

भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् ।

संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति 

आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास ठूलो कुरा हो । सजिलै गर्न सकिने दुइटै देशलाई फाइदा हुनेगरी विश्वास बढाउँदै जाने हो ।

रणनीतिक रूपमा डायस्पोरा कम्युनिटीको साथमा रणनीतिक रूपमा अघि बढ्नुपर्छ । भारतमा भएका अवसरलाई नेपालको हितमा प्रयोग गर्न पहल गर्नेछु ।  पहिलो शिष्टाचार भेट र सम्बन्ध नै हो । भारतमा विभिन्न देशका १३६ राजदूतावास  छन् । यसमा नेपालले कसरी प्रभावित पार्ने भन्ने महत्वपुर्ण कुरा हो । नेपाललाई प्रभाव पार्ने सामाजिक सांस्कृतिक आर्थिक नीतिहरू परिमार्जनका लागि पहल गर्ने काम गर्छु । भारतमा सामाजिक र सांस्कृतिक कुटनीतिलाई महत्व दिनुपर्ने आवश्यकता छ ।

नेपालको बिजुली किन्दिन्छौं, समृद्धिमा पनि सघाउँछौं भनेका छन् । यी कुरालाई अगाडि बढाउँछू । रणनीति तर्जुमा मात्र होइन कार्यान्वयन पनि प्राथमिकता छ ।

आर्थिक क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइनको व्यापार छ । गैर भन्सारको कुरा छ । बन्दरगाहमा दिनुपर्ने सुविधा लिन सकिएको छैन । पहल गर्छु । रसायनिक मलको कुरा पनि छ । लगानीसम्बन्धी ऐन कानुनबारे जानकारी गराउनुपर्ने अवस्था  छ । सफलताका कुराहरू पनि देखाउनुपर्नेछ । सजिलो हुन्छ ।

भारतमा आप्रवासी धेरै छन् । तिनलाई नेपाल ल्याएर रोजगारी दिने कार्यमा काम गर्नेछु । धार्मिक पर्यटन विकास, पर्यटन प्रवर्द्धनमा काम गर्छु । सीमा समस्या छ । ईपीजी छ । सीमा समस्यामा भारतमात्र होइन पश्चिमाको पनि चासो छ । हुलाकी सडकलाई पनि अगाडि बढाउन पहल गर्छु ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार