कांग्रेस बागमती प्रदेशमा बानियाँको अग्रता

नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा एक हजार मत गणना हुँदा इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।

मत गणनाको सुरुवाति चरणमा अग्रता लिएका जगदिश्वर नरसिंह केसीलाई पछि पार्दै बानियाँले अग्रता लिएका हुन् । एक हजार मत गणना हुँदा बानियाँले ५ सय २६ र केसीले ४ सय ७० मत ल्याएका छन् ।

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार