७५ जना प्रतिनिधिले चाहेनन् ओली र रावल दुवैलाई

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ७५ जनाले अध्यक्ष केपी शर्मा ओली र भीम रावलमध्ये दुवैलाई नचाहेको पाइएको छ ।

विद्यु्तीय मतदानमा बदरको सम्भावना नभएको तर ओली र रावल दुवैले पाएको भोट जोड्दा खसेको मतसँग नमिल्ने भएकोले यस्तो निश्कर्ष निकालिएको हो ।

कुल २०९६ मत खसेको अवस्थामा ओलीले १८०८ मत पाए भने रावललाई जम्मा २१३ मत प्राप्त भएको थियो । निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार ७५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार