यी हुन नेपालमा धेरै तलब भत्ता दिने कम्पनी, हेरौ कसले कति तलब दिन्छ ?

गतहप्ता श्रमस्विकृतिका लागी भन्दै लाईनमा बसेको एक युवाको उभिदाँ उभिदैं मृत्यु भयो । ३२ बर्षिय काभ्रेका स्याङबा लामाको श्रमस्विकृतका लागी लगातार ५ घण्टा लाईन बस्दा पानी समेत पिउन नपाई मृत्यु भएको स्थानिय प्रत्यक्षदर्शी बताउँछन । गत साउनमा भएको कोरियन ईपीएस परिक्षाको फारम भर्नेको लाईन मिलाउन नसक्दाँ प्रहरीले लाठी चार्ज गर्नुपर्‍यो ।

राजधानीभित्रका विभिन्न बैदेशिक रोजगार कम्पनीको अघि उभिने लर्को पनि सामान्य छैन । सिमित सिटका लागी खल्ने यस्ता अवसरहरुमा आवेदन दिनेहरुको सङख्या असिमित हुन्छ । तर नेपालमा अहिले हरेक हप्ता वाणिज्य बैंकहरुले थोरैमा १ सय बिमा कम्पनीले ५०, सरकारी तथा गैहसरकारी संघसस्थाले २ हजार, निजी व्यापारिक उद्योग प्रतिष्ठानले १७ सय, बाहेक होटल, पर्यटन, मिडिया लगायतमा त्यो भन्दा पदहरुमा आवेदन मागीरहेका हुन्छन ।

तर नेपालमा काम अनु्सारको दाम नभएको भन्दै धेरै यूवाहरु बैदेशिक रोजगारीतर्फ आर्कषित हुने गरेका छन । तर नेपालमै केही यस्ता कम्पनी छन । ति कम्पनीहरुले प्रदान गर्ने पारिश्रामिक बिदेशको कमाईभन्दा बढि छ । तर यस्ता कम्पनीहरुमा आआफ्ना मान्छे भर्ति गर्ने परम्परा रहेकाले जोकोहीले अवसर नपाउने भएपनि काम पाएकाहरुको पारिश्रमिक भने निक्कै लोभलाग्दो छ ।

कर्मचारीलाई प्रदान गर्ने पारिश्रमिकका आधारमा नेपालमा अब्बल ठहरिएका केही कम्पनीहरु छन । जसमा काम गर्ने धेरै कर्मचारीहरुले बिदेशको राम्रोे अवसरलाई समेत बेवास्ता गर्ने गरको बताउँछन ।

सामान्य सर्वेक्षण नेपालमा धेरै पारिश्रमिक दिने कम्पनीहरुमा बिशेषगरि बिदेशी कुटनितिक नियोग, मल्ट्रीनेशनल कम्पनी तथा गैहसरकारी संघसस्था देखिएका छन । जसमध्ये सेभ द चिल्ड्रेन नेपालमा धेरै पारिश्रमिक दिने संस्थाको रुपमा पर्ने देखिएको छ । जहाँ कम्प्युटर अपरेटर भएर काम गर्ने कर्मचारीको मासिक तलब झन्डै ९० हजार हुन्छ । लेखा, लेखापरिक्षण, प्रोजेक्ट संचालन विभागमा काम गर्ने कर्मचारीको १ लाखभन्दा माथि छ भने उपल्लो तहका कर्मचारीहरुको तलब मासिक ४ लाखभन्दा बढी हुने गरेको सेभ द चिल्ड्रेनमा कार्यरत एक कर्मचारी बताउँछन ।

नेपाली कर्पोरेट क्षेत्रमा कर्मचारीहरुलार्ई धेरै पारिश्रमिक दिने कम्पनीको रुपमा एनसेल अब्बल मानिन्छ । एनसेलमा तल्लो तहदेखि उपल्लो तहसम्म काम गर्ने कर्मचारीको तलव एकिन यत्ति नै छ भन्नेबारे स्पष्ट नबताए पनि । एनसेलमा तल्ला तहका कर्मचारीको २२ हजारदेखी शुरु हुने र बढि कमाउनेहरु निक्कै लोभलाग्दो आम्दानी गर्ने गरेको एनसेलमा कार्यरत कर्मचारी बताउछन । उनीहरुको तलब विभाग हेरेर १ देखि ४ लाखसम्म छ भने अरु थुप्रै सुविधाहरु पनि कम्पनीले दिएको छ ।

नेपालका ३२ वटा बाणिज्य बैंकहरुमध्ये कर्मचारीलाई सबैभन्दा बढि पारिश्रमिक दिने बैंक स्ट्याण्र्डड चार्टड हो । अन्य बाणिज्य बैंकहरुमा पनि केही उच्च पदस्थ व्यक्तिलाई निक्कै राम्रो तलव दिएपनि बाणिज्य बैंकहरुले प्रदान गर्ने तल्ला तहका कर्मचारीको तलव औसत मात्रै छ । तर यो बैकमा भने तल्लो तहमा काम गर्ने कर्मचारीको तलब सुबिधा पनि निकै राम्रो भएको र्बैंकमा कार्यरत कर्मचारी बताउछन । बैंकमा सीईओको बार्षिक तलब २ करोड हाराहारीमा छ भने अन्य सुबिधा राम्रो छ ।

पछिल्लो दिन पर्यटन व्यसायमा बढ्दो लगानीसँगै होटल तथा रेष्टुरेण्टमा दक्ष तथा अर्धदक्ष कर्मचारीको माग बढ्दो छ । तर पारिश्रमिक निक्कै न्युन थियो । माओवादी शसस्त्र बिद्रोहपछि यो क्षेत्रमा एउटा क्रान्ति नै भयो । जसअनुसार सबैजसो कर्मचारीको तलव तेब्बर भन्दा बढेर गयो । जसअनुसार अहिले सबैभन्दा राम्रो तलव सुबिधान दिने पाँचतारे होटलमा हायत रिजेन्सी अब्बल मानिन्छ । व्यवस्थापन विभागतर्फ काम गर्ने कर्मचारीको औसत तलब झन्डै ५ लाखभन्दा माथि छ । होटलमा काम गर्ने कुक, वेटर, हाउसकीपीङमा काम गर्ने कर्मचारी र अन्य कर्मचारीले नेपालका नयाँ होटलको तुलनामा निकै राम्रो तलब पाउने गरेको होटलमा कार्यरत कर्मचारी बताउँछन ।

बिद्यालय तथा कलेज पढाउने शिक्षक तथा प्रध्यापकको पारिश्रमिकबारे धेरै बहस हुने गरेका छन । बिशेष गरि नेपालका शैक्षिक संस्थाहरु नाफामुखी भएकाले बिद्यार्थीबाट धेरै शुल्क उठाउने तर शिक्षक कर्मचारीलाई न्युन तलवमा काम गराउने गुनासाहरु धेरै सुनिने गर्दछन तरे चेल्सी इन्टरनेश्नल स्कुल तथा कलेजभने आफना शिक्षक कर्मचारीलाई राम्रो तलब सुबिधा शैक्षिक संस्थाको रुपमा चिन्निछ । हुन त काठमाडौंका सेट जिभियर्स, सेट मेरिज, जेम्स, लिटिल एन्जल्स, राइ इन्टरनेशनल, मोर्डन इन्डियन लगायतका संस्थाहरुले पनि आफ्ना कर्मचारीलार्ई निकै नै राम्रो तलब सुबिधा दिने गरेको बताउछन । तर, ति संस्थाहरुमध्ये पनि चेल्सीले आफ्ना कर्मचारीलार्ई दिने तलब बढी भएको चेल्सि इन्टरनेशनलका शिक्षकको दाबी छ ।

यसबाहेक हस्पिटल एवं उत्पादन क्षेत्रमा धेरैजसो कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई आर्कषक तलब दिने गरेका छन् । नेपालमा डाबर नेपाल, सुर्य नेपाल, बरुण वेवरेज, बोटलर्स नेपाल जस्ता कम्पनीमा राम्रो पारिश्रमिक मिल्ने गरेको जानाकारहरु बताउँछन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार