‘ड्युटी सकियो’ भनेर पाइलटले रुकुम उडेको जहाज नेपालगन्जमै अवतरण गराएपछि…

पाइलटले ‘ड्युटी सकियो’ भन्दै त्रिभुवन विमानस्थलबाट यात्रु लिएर रूकुमको चौरजहारी विमानस्थलतर्फ उडेको नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गराएका छन् ।

आठ जना यात्रु लिएर ट्वीनअटर जहाज सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो । तर, बिच बाटोमै ‘ड्युटी सकियो’ भन्दै पाइलटले नेपालगन्जमा विमान अवतरण गराएका थिए ।

निगमका एक कर्मचारीका अनुसार पाइलटको ड्युटी ४ बजे सकिँदै थियो । ती पाइलटले जहाज रुकुम पुर्याउँदा ड्युटी आवर भन्दाबढी समय खर्चिनु परेपछि नजिकै नेपालगन्ज विमानस्थलमा अवतरण गराएको बुझिन्छ ।

विमानले बिच बाटोमै छोडेपछि यात्रुहरुले असन्तुष्टि पोखेका थिए । उनीहरुलाई मंगलबार विहान रुकुम पुर्‍याइएको नेपाल एयरलाइन्सले जनाएको छ । त्यसलगत्तै क्याप्टेन पेम्बा शेर्पालाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार