भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न महेश बस्नेतको सुझाव

नेकपा एमालेका नेता महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

बस्नेतले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि दावी गरेका छन् । त्यस्तै नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी पनि गरे । पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने उनले जानकारी दिए । त्यस्तै उनले पार्टीको अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए ।

त्यस्तै बस्नेतले यसपटक प्यानल बनाउने कुनै प्रक्रिया नै नहुने जिकिर पनि गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार