इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु

इक्वेडरको एउटा कारागारमा भएको झडपमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिबार राती भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन् । कारागारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो ।

सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो ।

कारागारभित्र झडप बढ्नुको मुख्य कारण लागुऔषध तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नाइकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका गभर्नर पाब्लो एरोजमेनाले पत्रकार सम्मेलनमा जानाकारी दिए ।

कारागारको एउटा ब्लकको नाइकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो । झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार