बागलुङको सिर्जना फर्निचरमा आगलागी

भरत सापकोटा, टिभी अन्नपूर्ण, बागलुङ । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान २ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।

फर्निचरबाट लागेको आगोले सँगै रहेका दुई घरमा समेत क्षति पुगेको प्रहरीले बतायो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । फर्निचरका सबै सामग्री जलेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार