हाम्रो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गर्‍यौ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले जनताको सेवा गर्ने भावनाबाट टाढिएर लुटेराहरूसँग नजिकिएको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादीले मङ्गलवार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले उक्त पार्टी लुटेरा पार्टी भएको बताएका छन् । केपी ओलीको दम्भकै कारण केन्द्र देखि प्रदेशमा एमाले सरकारबाट हट्नुपरेको उनको भनाई छ ।

नेपालले आफ्नो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गरेको बताएका छन् । त्यस्तै उनले सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताए । अध्यक्ष नेपालले केपी ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको हत्या गर्न खोज्दा अदालतले सांसदलाई जोगाएको भन्दै सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताएका हुन् । उनले उनले लाज पचाएर एमाले अध्यक्ष ओलीले न्यायधिशको राजीनामा मागेको आरोप लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार