अमेरिका, भारत र बेलायतका लागि राजदूत सिफारिस

सरकारले अमेरिका, भारत र बेलायतका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रीधर खत्रीलाई अमेरिका, डा. शंकर शर्मालाई भारत र ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

शर्मा पूर्वराजदूत हुन् । खत्री कूटनीतिक मामिलाका विज्ञ हुने भने आचार्य पूर्वपरराष्ट्र सचिव हुन् ।

प्रधानमन्त्री देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा महत्वपूर्ण तीन देशका लागि राजदूत नियुक्तिको सिफारिस भएका हुन् ।

देउवा सरकारले यसअघि राजनीतिक नियुक्ति पाएर गएका सबै राजदूतलाई फिर्ता बोलाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार