कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको फेसबुक आइडी ह्याक गरेर रकम मागेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् ।

पर्साको बहादुरमाई नगरपालिका -५ बस्ने किशोर सोमबार पक्राउ परेको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालले जानकारी दिए ।

स्रोतका अनुसार कलाकारहरू सरोज खनाल, दीपाश्री निरौला, दयाराम पाण्डे, सुशील नेपाल लगायतको फेसबुक ह्याक गरेर रकम माग गरेका थिए ।

काठमाडौं जिल्ला अदालतसँग अनुमति लिएर पक्राउ गरिएको र आरोपीलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुने प्रवक्ता अर्यालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार