ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरको जहाज बिहानैबाट संचालनमा

सोमबार प्राविधिक समस्या देखिएको बुद्ध एयरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमानमा  प्राविधिक समस्या देखिएपछि विराटनगर विमानस्थलमा अवतरण हुन सकेको थिएन । जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो ।

सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा समस्या नभएको  बताएपछि प्राधिकरणले उडान अनुमति दिएको हो ।

इन्जिनियरले जहाज ठीक भएको रिपोर्टिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपनि उक्त जहाजलाई उडानका लागि अनुमति दिइएको हो । मंगलबार बिहान साढे १० बजेसम्म उक्त एटीआरले काठमाडौं–सिमरा दुईपटक उडान गरेर फेरि काठमाडौंबाट पोखरा उडान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार