एमालेका १६ सांसदबारे ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा

नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा रहेको छ ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।

एमालेले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको तथा लुम्बिनीका विमला वली र अजय शाहीलाई पनि सभामुखले जोगाएपछि एमाले अदालत गएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार