नेपाली कथानक चलचित्र ‘यो मेरो दिल’ को छायांकन नुवाकोटमा

शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निमार्ण भइरहेको नेपाली कथानक चलचित्र ‘यो मेरो दिल’ को छायांकन नुवाकोट आसपासमा भइरहेको छ ।

सामाजिक परिवेशमा निमार्ण भइरहेको चलचित्रमा समाज भित्रका विभिन्न विकृति र कुरुतिलाई चलचित्रमा समावेश गरिएको छ । प्रेमका आरोह र अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।

चलचित्र मा राहुल जेटली, प्रीतिका शर्मा, बिबन तामाङ, प्रवेस लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेनु थापा, सुर्य तामाङ, दस बहादुर तामाङ, पदम सुनार, गंगा कुवँरको अभिनय रहेको छ ।

फिल्ममा सुर्य बहादुर तामाङको निर्माण, बिबन तामाङको सह निर्माण, दस बहादुर तामाङको कथा, दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य, मदन न्यौपानेको श्रृङगार रहेको छ । आगामी तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने निमार्ण पक्षले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार