कोरोना अपडेट: थप १२८ जनामा संक्रमण, १६१ जना निको

नेपालमा शनिबार थप १२८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १६१ जना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७३ हजार १२३ जनाले कोरोना संक्रमणलाई जितेका छन् । नेपालमा हाल १ हजार ६१३ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ८१ हजार ८३२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार