सनराइज बैंकको नारी विशेष योजना अन्तर्गत अनलाइन खाता खोलेर कारोबार गर्दा २५ प्रतिशत छुट

सनराइज बैंकले अनलाइन खाता खोल्ने नारीहरूलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत छुट दिने भएको छ । बैंकले नारी विशेष योजनाअन्तर्गत अनलाइन खाता खोली भदौ महिनामा पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३ सय रुपैयाँसम्मको छुट प्रदान गर्न लागेको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकहरूका लागि भदौ महिनाभरि विभिन्न सेवाहरू निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटको पनि व्यवस्था रहेको बैंकले जनाएको छ । भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरूलाई बैंकले विभिन्न ५ वटा सेवाहरू निःशुल्क दिने भएको हो ।

प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन् । त्यस्तै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकलार्ई भदौ महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५ प्रतिशत बेसिक पोइन्टको छुट दिनेसमेत बैंकले जनाएको छ ।

पछिल्लो समयमा नारीहरू आधुनिक, स्मार्ट तथा अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्नेदेखि आधुनिक सेवा उपयोग गर्नेसम्मका सुविधाहरू निःशुल्क दिने व्यवस्था गरेको हो ।

सेयर बजारमा नारीहरूको संलग्नता बढ्दै गएको अवस्थामा बैंकले सो योजनाअन्तर्गत प्रदान गरेको निःशुल्क डिम्याट र मेरो सेयरले नारीहरूमा सेयर कारोबार प्रतिअझ बढी प्रोत्साहन प्रदान गर्ने बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार