डिशहोमको फाइबर नेट अब धरानमा पनि

नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होमले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि २०२० दखि फाइबरनेट सेवा सुरु गरेको छ ।

यो सेवालाई छिट्टै नै नेपालका प्रमुख सहरहरुमा विस्तार गर्ने योजना कम्पनीको रहेको छ । यसै अवसरमा डिशहोम फाइबरनेट सेवा धरानमा विस्तार गरिएको छ । यसअघि काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगरमा पुगिसकेको डिशहोम फाइबरनेटको सेवा हाल धरानमा पनि पुगेको हो ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

डिशहोम फाइबर नेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार