आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले नीति कार्यक्रम बहुमतले पारित गरेको हो ।

आइतबारको बैठकमा पनि नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको छानबिन गर्नुपर्ने माग राख्दै अवरोध गरेको थियो ।

बैठकमा विरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रमाथिको छलफलको प्रस्ताव पेस गरेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका तीन सांसदले भाग लिएका थिए । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

नीति कार्यक्रम पारित भएपछि सभामुख देवराज घिमिरेले दुवै सदनको संयुक्त बैठक यही जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार